Sagun Khabar
पहिरो पन्छ्याएपछि सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक सुचारु 

बैतडी –पहिरोका कारण अवरुद्ध बनेको बैतडीको सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक सुचारु भएको छ । 

उक्त सडक अन्तर्गत दोगडाकेदार गाउँपालिका–२ डाँडाइजर भन्ने ठाउँमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको हो । करीब १० दिन अगाडि खसेको पहिरो आइतबार पन्छ्याएपछि सडक सुचारु भएको स्थानीय सुरेश बिष्टले जानकारी दिए । 

सडकमाथिबाट खसेको पहिरो पन्छ्याएपछि सिल्लेगडाबाट कटौजपानी, कालागाउँ, तल्लादेही लगायतका क्षेत्रमा जिपहरु सुचारु भएका छन् । 

सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको थियो । सडक सुचारु भएपछि स्थानीयहरुलाई सहज भएको बिष्टले बताए । 

उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको छ । माथिबाट ठूलो पहिरो खसेकाले पानी परेमा फेरि पहिरो खस्ने जोखिम कायमै रहेको बिष्टले बताए । सडकको यो क्षेत्रमा हरेक बर्ष बर्षातको समयमा पहिरो खस्ने गरेको बिष्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update