Sagun Khabar
बझाङमा दुई दिनदेखि हराएकी युवतीको सकुशल उद्धार

बझाङ –बझाङमा दुई दिनदेखि बेपत्ता रहेकी युवतीको सकुशल उद्धार गरिएको छ । जिल्लाको सुर्मा गाउँपालिका–२, गजौनकी २५ बर्षीया निशा रोकायाको दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो । 
प्रहरीका अनुसार साउन १६ गते राति करिब साढे ९ बजेदेखि हराएकी रोकायाको खोजतलासका लागि निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । 

खोजतलासका क्रममा सोमबार दिउँसो १ बजे जयपृथ्वी नगरपालिका–९ बाट रोकायालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

उद्धारपछि रोकायालाई उपचारका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update