Sagun Khabar
बाजुरामा बिषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती बिरामी 

बाजुरा –बाजुरामा बिषालु च्याउ खाँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती बिरामी भएकी छिन् । 

बाजुराको बडिमालिका नगरपालिका ७ धम्कनेका ५१ बर्षीय रामे थापाको बिषालु च्याउ खाँदा मृत्यु भएको हो । थापा र उनकी श्रीमती ५० बर्र्षीय नाम्सरी थापाले जंगली बिषालु च्याउ खाएका थिए । 

च्याउ खाएपछि बिरामी भएका दुवै जनालाई सोमबार राति साढे १० बजेतिर उपचारका लागि जिल्ला अस्पताल मार्तडी बाजुरा पुर्याएकोमा डाक्टरले चेक जाँच गर्दा रामे थापालाइ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

च्याउ खाएर बिरामी भएकी नाम्सरीको अवस्थामा पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update