Sagun Khabar
सुर्नयाका दृष्टिविहीन जग्गी महराका लागि सहयोग अभियान सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ नोडालेकका दृष्टिविहिन जग्गीसिंह महराका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । 

महरा परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुर्नया युनाइटेड  क्लबले सहयोग अभियान सञ्चालन गरेको हो । 

महराको परिवार जीर्ण घरमा बस्दै आएकाले उनीहरुको लागि सुरक्षित आवास निर्माण गर्न अभियान सञ्चालन गरिएको सुर्नया युनाइटेड  क्लबका अध्यक्ष प्रकाश साउँदले बताए । 

महराको परिवारका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गरिदिन सम्पूर्ण सहयोगी महानुभाव, संघसंस्था र शुभेच्छुकहरुमा अपिल गरिएको साउँदले बताए । 

अभियानमा सहयोग गर्न चाहने महानुभावहरुले जग्गीसिंह महराकी श्रीमती जयमती महराको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर ०६५०५०८०२५१०७५ मा रकम जमा गर्न सक्ने बताइएको छ । 

सहयोगी हातहरुबाट प्राप्त सहयोगले महरा परिवारको लागि सुरक्षित घर निर्माण सहयोग पुग्ने आशा रहेको अध्यक्ष साउँदले बताए । 

महराको आर्थिक अवस्था एकदमै कमजोर रहेकाले सहयोगका लागि क्लबले सबैमा आग्रह गरेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update