बैतडी–बैतडीको पाटन नगरपालिका –९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले अंग्रेजी भाषा सिकाइका लागि अभ्यास कक्षा सञ्चालन गर्ने भएको छ ।
आज विद्यालयमा पाटन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्टको उपस्थितीमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक र अभिभावकहरुको समीक्षा बैठक अंग्रेजी बोलीचाली अभ्यास कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आगामी भदौ १ गतेदेखि दैनिक एक घण्टा अंग्रेजी भाषा सिकाइका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
यस्तै प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, समीक्षा र अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न गरिएको अध्यक्ष भाटले बताए । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यालयले बेला–बेलामा अभिभावकहरुसहित अन्तरक्रिया गर्दै आएको छ ।
अंग्रजी बोलीचाली अभ्यास कक्षा सञ्चालनमा आए विद्यार्थीहरुको अंगे्रजी भाषा सिकाइमा सुधार आउने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह महराले बताए ।




