बैतडीमा भरुवा बन्दुक बरामद
बैतडी –बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्लाको सिगास गाउँपालिका–३ चमडेखर्क स्थित सामुदायिक वन भित्र ओडारमा लुकाई राखेको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाको अधारमा प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३ १२:३०
प्रतिक्रिया दिनुहोस्




