Sagun Khabar
दार्चुलामा प्रसव व्यथामा रहेकी महिलाको प्रहरीद्वारा उद्धार 

दार्चुला –दार्चुलामा प्रसव व्यथामा रहेकी एक गर्भवती महिलाको प्रहरीले उद्धार गरेको छ ।

जिल्लाको लेकम गाउँपालिका–६ निवासी २४ बर्षीया गर्भवती महिला प्रसव व्यथाले छट्पटाइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । 

प्रहरी टोलीले ती महिलाको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा सुरक्षित रूपमा पु¥याएको जनाएको छ । समयमै उद्धार भएपछि गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update