भारतबाट चोरी भएका भारु ३८ लाखका गरगहना कञ्चनपुर प्रहरीद्वारा धनीलाई फिर्ता
कञ्चनपुर –भारतबाट चोरी गरि ल्याएका भारु ३८ लाख बढिका गरगहना बरामद गरि कञ्चनपुर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
भारतको लुधियानाबाट चोरि गरि ल्याइएका ३८ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको थियो ।
गत असारमा बरामद गरिएका ती गरगहना बिहीबार गहना धनी लुधियानाको राजगुरु नगरका ३४ वर्षीय शाहील धावनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बरामद गरिएका सुन र हिराका गरगहना सम्बन्धित धनीलाई बुझाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३ १०:५९
प्रतिक्रिया दिनुहोस्




