Sagun Khabar
बैतडीमा २ सय ३० सवारी साधन कारवाहीमा, २ लाख २६ हजार राजस्व संकलन 

बैतडी–बैतडीमा एक महिनाको अवधिमा २ सय ३० सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका २ सय ३० सवारी साधन साउन महिनामा कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

जिल्लाका विभिन्न ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि सवारी साधन कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी साधनबाट जरीवानाबाफत २ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक सिंहले बताए । 

यस्तै एक महिनाको अवधिमा जिल्लामा दुईओटा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका प्रहरीको तथ्यांक छ । 

यस्तै फैसला कार्यान्वयनका सिलसिलामा एक महिनाको अवधिमा २० जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेकाहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update