बैतडी–सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परा समेटिएको नयाँ देउडा गीत ‘भग्गालिङ्ग’ सार्वजनिक भएको छ ।बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दले गौरा पर्वमा खेलिने तथा गाइने देउडा गीतका रूपमा ‘भग्गालिङ्ग’ बजारमा ल्याएका हुन् ।
सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको देउडा गीतमा यहाँको कला र सांस्कृतिक परम्पराको समेटिएको गायक चन्दले बताए । गौरा पर्वमा गाइने भागेश्वर देवताको महिमा समेटिएको गीतलाई देउडा गीतको रुपमा सार्वजनिक गरिएको हो ।
गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने गीतको शब्द तथा संगीत हिरा चन्दको रहेको छ । उक्त गीतमा नारायण दंगालले संगीत संयोजन, गोपाल दयालले रेकर्डिङ तथा कमल थापाले मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा गरिएको हो ।
‘भग्गालिङ्ग’ गीतको भिडियोमा सुदूरपश्चिमको मौलिक परिवेश र सांस्कृतिक पक्षलाई समेटिएको छ । उक्त गीतमा भिडियोमा मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने छायांकन डेनिस खनालले गरेका हुन् । मेकअप रोजिना श्रेष्ठले गरेकी छन् ।
भिडियोको सम्पादन तथा कलर रोजान धितालले गरेका छन् । भिडियोको वर्कस्टेसनमा धिताल फिल्म्सको सहकार्य रहेको छ भने पोस्ट–प्रोडक्सनको काम मिलन फिल्म्स प्रोडक्सन्सले गरेको छ ।
पुरानो संस्कृतिलाई नयाँ पुस्तामा चिनाउन ‘भग्गालिङ्ग’ गीत बजारमा ल्याएको गायक चन्दले बताए । विशेषगरी गौरा पर्वका बेला देउडा खेल्ने सांस्कृतिक परम्परासँग जोडिएको गीत भएकाले यसले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
चन्दले आफ्नो जन्मभूमि बैतडी सहित समग्र सुदूरपश्चिमको मौलिक कला र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धनमा गीत–संगीत मार्फत योगदान पु¥याउने उद्देश्यले गीत सार्वजनिक गरेको बताए ।




