Sagun Khabar
बैतडीकी बेलु कोलीको उपचारमा आर्थिक अभाव, सहयोग अभियान सञ्चालन 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ गुजरकी बेलु कोलीको उपचारमा आर्थिक अभाव भएको छ । 

मुटुमा समस्या भएकी कोलीको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंमा उपचार भइरहेको छ । कोलीको उपचारमा आर्थिक अभाव भएपछि स्थानीयहरुले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । 

कोलीको प्राण रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता गणेशबहादुर बिष्टले बताए । अभियानमा सहयोग जुट्ने क्रम जारी रहेकाले सबैलाई सहयोगका लागि अपिल गरिएको उनले बताए । 

कोलीको प्राण रक्षाका लागि सबैको सहयोग आवश्यक भएकाले आफ्नो क्षमता अनुसार सहयोग गरिदिन आग्रह गरिएको स्थानीय अम्बादत्त पन्तले बताए । कोलीको घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोग अभियान सञ्चालन गरिएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update