Sagun Khabar
कैलालीमा डुबेर एक जनाको मृत्यु 

कैलाली –कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ ।

कैलालीको भजनी नगरपालिका–८ गोठचौरका ६६ बर्षीय रामप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । 

घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा बुधबार दिउँसो डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update