Sagun Khabar
डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा जोशी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहन जोशीलाई दिएको छ । कैलालीको टीकापुर ईलाका प्रशासन कार्यालयका प्रमुख रहेका जोशीलाई त्यहाँबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो ।

जोशीले यसअघि बैतडी, दार्चुला र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी र कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छन् ।

यस्तै गृह मन्त्रालयले डोटीमा भने शंकर बिष्टलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update