Sagun Khabar
डडेल्धुरामा कोरोनाबाट एक वडा सदस्यको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा–डडेल्धुरामा एक वडा सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको स्वास्थ्य कार्यालय डडेल्धुराले  जनाएको छ ।

असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ज्यान गएको हो । १४ गतेबाट नै उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज(आइतबार) शोक विदा दिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update