Sagun Khabar
डडेल्धुरामा कांग्रेसका दुई पक्षबीच झडप 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ । आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो । झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन् ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी. डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो । भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो । झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुने गरेको छ । क्रियाशील सदस्यता विवाद रहेको डडेल्धुरामा कांग्रेसभित्र आन्तरिक कलह चुलिँदै गएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update