बैतडी–नयाँ मोटरसाइकल खरीद गरेको खुशी साँटेको २४ घण्टा नबित्दै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान लोकेश भण्डारीको परिवारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडा घर भएका प्रहरी जवान लोकेश भण्डारीको नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा यही कार्तिक २२ गते दुखद निधन भएको थियो ।
नयाँ मोटरसाइकल किनेर सोही मोटरसाइकलमा सवार भण्डारीलाई ट्याक्टरले ठक्कर दिएको थियो । नयाँ मोटरसाइकल किनेको भोलिपल्टै दुर्घटनामा परेर ज्यान गुमाएपछि उनको सिंगो परिवार र आफन्तहरु मर्माहत बनेका छन् ।
मृतक भण्डारीको घरमा एक नाबालिका छोरी र श्रीमती रहेका छन् । नाबालिका छोरी र श्रीमतीलाई सहयोग होस् भनेर आर्थिक सहयोगका लागि अपिल गरिएको उनका आफन्त लोकेन्द्र भण्डारीले बताए । नाबालिका छोरीको भविष्यका लागि सहयोग अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
भण्डारीको परिवारमाथि परेको ब्रजपातको यो घडीमा सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ । सहयोग रकमको पारदर्शिता र रेकर्ड सुरक्षित राख्नका लागि मृतकका परिवारका सदस्य एवम् नेपाल सरकारका शाखा अधिकृत धिरेन्द्रसिंह भण्डारीको डिजिटल वालेट उपलब्ध गराइएको छ ।
सहयोग रकम पठाएपछि पारदर्शिताका लागि सम्बन्धित महानुभावले आफ्नो पूरा नाम र सहयोग गरेको भौचर वा स्क्रिनसट सम्बन्धित समाचार तथा पोस्टको कमेन्ट बक्समा राख्न वा ह्वाट्सएपमार्फत पठाउन अनुरोध गरिएको छ । परिवारका तर्फबाट पछि आधिकारिक बैंक खाता सञ्चालनमा आएपछि सोको विवरण पनि सार्वजनिक गरिने बताइएको छ ।
तत्कालका लागि सहयोग गर्नुहुने महानुभावहरुले धिरेन्द्रसिंह भण्डारीको नाममा रहेको इ सेवा नम्बर ९८५१३६१३६६ मा रकम जमा गर्न सक्नुहुनेछ ।
यस्तै मृतक भण्डारीकी श्रीमती पार्वती बिष्टको नेपाल बैंक लिमिटेडमा रहेको खाता नम्बर ३०४०११०७९८१९७३०००००१ मा रकम जमा गर्न सकिने छ ।
मृतक भण्डारीका परिवारलाई सहयोग गर्न चाहने महानुभावहरुले थप जानकारीका लागि धिरेन्द्रसिंह भण्डारीको मोबाइल नम्बर ९८५१३६१३६६ र लोकेन्द्र भण्डारीको मोबाइल नम्बर ९८५१०३३५०६ मा फोन गर्न सकिनेछ । साथै यी दुवै नम्बर ह्वाट्सएपमा पनि उपलब्ध रहेका बताइएको छ ।




