बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।

शिवनाथ गाउँपालिकामा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा कार्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शिवनाथ जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर बिदा दिइएको गाउँपालिकाले जनाएको छ । शुक्रबार अध्यक्षस्तरको निर्णय गर्दै शिवनाथ जात्रा लागि दुई दिने स्थानीय बिदा दिएको जनाइएको छ । 

बिदाका दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । 

प्रसिद्ध शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । उक्त जात्रा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् । 

Bida-1794567977.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update