बैतडीमा बेवारिसे भरुवा बन्दुक बरामद
बैतडी–बैतडीमा बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–९ स्थित ग्वाल्लेक सामुदायिक वनभित्र एकनाले एक थान भरुवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा उक्त वन क्षेत्रबाट शुक्रबार राति भरुवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगीले बताए ।
बन्दुक कसको भन्ने बारेमा थाहा हुन सकेको छैन् । बरामद गरिएको बन्दुक प्रहरीलाई बुझाइने उनले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३ १२:४३
प्रतिक्रिया दिनुहोस्




