बैतडी–बैतडीमा देउवा पक्षीय कांग्रेसको बैठक सम्पन्न भएको छ । गएको कार्तिक ७ गते भएको जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले जिल्ला कार्यसमितिको पहिलो बैठक सम्पन्न गरेको हो ।
बैठकमा अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं महाधिवेशन प्रतिनिधिहरुले शपथ ग्रहण गर्नुका साथै निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ ।
बैठकमा आगामी दिनमा पार्टीले चाल्ने कदमका बिषयमा छलफल भएको सभापति बीरबहादुर बिष्टले बताए ।
यस्तै जिल्ला अधिवेशन सम्पन्न गरेकोमा मुख्य निर्वाचन अधिकृत लगायत सम्बन्धित पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको कांग्रेसको संस्थापन इतर समूहका जिल्ला सचिव महेशदत्त भट्टले बताए ।
बैतडीमा देउवा पक्षीय कांग्रेसको नेतृत्व निवर्तमान उपसभापति बीरबहादुर बिष्टले गरिरहेका छन् । कार्तिक ७ गते भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका थिए ।
बैठकमा नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, पालिका सभापति लगायतको सहभागिता रहेको कांग्रेस संस्थापन इतर समूहका सुर्नया सभापति केशवबहादुर बिष्टले बताए ।




