चनैराज मन्दिरको जात्रा आज
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित चनैराज मन्दिरमा आज जात्रा लागेको छ ।
उक्त मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल पञ्चमीका दिन जात्रा लाग्ने भएपनि यो जात्रा धेरै बर्षमा लागेको स्थानीय सुरेश बिष्टले जानकारी दिए ।
चनैराज मन्दिरमा लागेको जात्रामा टाढा–टाढाबाट दर्शनार्थीहरु आएका मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । चनैराज मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
चनैराज देवतालाई रौलाकेदार देवताको सहायक देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ ।
चनैराज मन्दिरको तलतिर सुर्नया नदी किनारमा आर्यघाट समेत रहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३ १३:२३
प्रतिक्रिया दिनुहोस्




