शिवनाथ धामको जात्रा : पञ्चेश्वर गाउँपालिकामा मंगलबार बिदा
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा अवस्थित शिवनाथ धामको जात्राको अवसरमा छिमेकी पञ्चेश्वर गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शिवनाथ धामको जात्रामा पञ्चेश्वरका स्थानीयहरुको समेत उल्लेख्य सहभागिता रहने भएकाले भोलि(मंगलबार) गाउँपालिकामा बिदा दिइएको अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने गर्दछ । धाममा आजदेखि जात्रा शुरु भइसकेको छ । शिवनाथ धामको जात्राको अवसर पारेर पञ्चेश्वर गाउँपालिका मातहतका सरकारी कार्यालय,गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा मंगलबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३ १७:५६
प्रतिक्रिया दिनुहोस्




