Sagun Khabar
आइतबारदेखि डडेल्धुरामा पनि निषेधाज्ञा 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा पनि आईतबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । यही बैशाख १९ गतेबाट २५ गते १२ बजे रातीसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यो निर्णय हो । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि समितिले लकडाउने गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सरकारी कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

यसैबीच कर्मचारीमा कोरोना भाईरस पुष्टि  भएपछि अमरगढी नगरपालिका डडेल्धुराले सेवा बन्द गर्ने भएको छ । शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले यही बैशाख १९ गतेबाट अर्को सुचना जारी नभएसम्म सेवा स्थगित गर्ने जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update