Sagun Khabar
डडेल्धुरामा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – डडेल्धुराका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको उनका  आफन्त शिवराज भट्टले जानकारी दिए  ।

बैतडीको श्रीकोट पुख्र्यौली घर भएका उनको कोरोनाका कारण शुक्रबार निधन भएको हो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत ती व्यक्तिमा  शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update