Sagun Khabar
डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

डडेल्धुरा- डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी मात्रै आएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए। 

स्वास्थ्य सन्देश
Atrya hospital

 

डडेल्धुरा फोन सम्पर्कबिहीन भएकाले त्यहाँको स्थितिको बारेमा थप जानकारी लिन सकिएको छैन। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update