Sagun Khabar
थप बिरामी भर्ना गर्न सकिने अवस्था छैन् : डडेल्धुरा अस्पताल 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा -डडेल्धुरा अस्पतालले शय्या अभावमा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ । अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसीयू र भेन्टिलेटरमा बिरामीहरु भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।

‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसंग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ सूचनामा भनिएको छ ।

डडेल्धुरा अस्पताल संघीय सरकार मातहत रहेको प्रदेशको एक मात्र अस्पताल हो । अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए ।  

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update