Sagun Khabar
पहिरोले अवरुद्ध केआई सिंह राजमार्ग खुल्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो । 

सडक मर्मतपछि  राजमार्ग सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । राजमार्ग अस्थायी रुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update