Sagun Khabar
डडेल्धुरामा पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत 

डडेल्धुरा –डडेल्धुरामा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई राहत वितरण  गरिएको छ । घरमाथिको भीरबाट पहिरो संगै खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । 

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरोसँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update