Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा–डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडाको बीचमा जीप दुर्घटना भएको हो ।  से१ज ६०८ नम्बरको जिप निर्माण व्यवसायी संघको अगाडी बीच सडकमा पल्टिएको बताइएको छ । 

जिपमा चालक मात्रै रहेको र उनलाई सामान्य चोटपटक लागेको बताइएको छ । बागबजारतर्फ गइरहेको जीप अनियन्त्रित भएर पल्टिएको स्थानीले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update