Sagun Khabar
गोदाम व्यवस्था कम्पनीका अध्यक्ष जोशीको निधन
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ । शुक्रवार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ५४ वर्षीय जोशी  डडेल्धुराको अमरगढी नगरपालिका–८ टाटरका बासिन्दा हुन् ।

डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update