Sagun Khabar
टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

टी(२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई पराजित गरेको छ । मंगलबार ९आज० दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन् । त्यस्तै केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन्, भने कतारका पाँच खेलाडी सून्य रनमा आउट भए ।

त्यस्तै कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइइन्, भने कविता कुँवर र सीता राना मगरले २–२ विकेट र करुणा भण्डारीले १ विकेट लिए ।

Atrya hospital

त्यसोत, यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ४७ बलमा ५५ रन बनाएर अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै सीता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन ।

यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।

 

 

 

#News24#

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update