Sagun Khabar
डडेल्धुरा कांग्रेसको सभापतिमा साउँद विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।  साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । 

साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् । यस्तै उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । यस्तै सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update