Sagun Khabar
डडेल्धुरामा भएको कांग्रेसको निर्वाचनले वैधानिकता पायो 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो ।

बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन् । उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेलधुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन् ।

जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा मल्ल पक्षले अनसन गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update