Sagun Khabar
डडेल्धुरामा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका १ कटालस्थित सडकमा से २ त २४३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार डोटीको जोरायल गाउँपालिका १ गैरा बस्ने ५० वर्षीय टेक बहादुर पातलीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update