Sagun Khabar
सुदूरपश्चिम सरकार तत्काल परिवर्तन हुँदैन : मन्त्री सोडारी 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सरकारमा नेपाली कांग्रेस आएमा आफ्नो पार्टी स्वागत गर्न तयार रहेको बताएका छन् । तत्काल प्रदेश सरकार परिवर्तन नहुने पनि उनले दाबी गरे । 

डडेल्धुरामा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार तत्काल परिवर्तन नहुने तर कांग्रेसले सरकारमा आउन चाहेमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कांग्रेस सरकारमा आउने भए छलफल गरेर अगाडि बढ्न सकिने मन्त्री सोडारीको भनाइ छ । तर, अहिले सुदूरपश्चिममा कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निभाइरहेको उनले बताए । 

यस्तै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका सोडारीले सरकार परिवर्तन गर्दा अस्थिरता जन्मिने भएकाले वर्तमान सरकारले नै निरन्तरता पाउने दाबी गरे । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update