Sagun Khabar
डडेल्धुराका जिसस प्रमुख भट्टको निधन 

डडेल्धुरा –जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ । एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । 

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए । उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन् । ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update