Sagun Khabar
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट : बैतडीको टोली घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - प्रधानमन्त्री कप  राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको  नामावली सार्वजनिक गरिएको हो ।

 बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ । बैतडीको उक्त टोली आज (बुधबार) कञ्चनपुरमा शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी भएको छ  । बैतडीको पहिलो खेल पुस १७ गते डोटीसँग हुनेछ ।

 प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा  प्रधानमन्त्री कप  राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गते काठमाडौंमा शुरु हुँदैछ ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update