Sagun Khabar
बैतडीको  दशरथचन्द नगरपालिका ११ मा टि–१० क्रिकेट प्रतियोगिता शुरु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका ११ मा टि–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एन आर वाई सी)बैतडीको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता शुरु भएको हो । एन आर वाई सीका उपाध्यक्ष महेश चन्दको अध्यक्षतामा उद्घाटन प्रतियोगिता समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कौशीला चन्द रहनु भएको थियो ।
आज शनिबार देखि शुरु भएको क्रिकेट खेल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको खेल समितिले जनाएको छ । आज शनिबार भएको पहिलो उद्घाटन खेलमा आयोजक एन आर वाई सीले ग्वाल्लेक युथ पावरका बिरुद्ध बिजयी शुरुवात गरेको छ । ट्रस जितेर पहिला ब्याटिङ गरेको एन आर वाई सीले निर्धारीत १० ओभरको समाप्तीमा ९९ रन बनायो । एनआरवाईसीका लागि राम चन्दले सर्बाधिक ४६ रन बनाए । ग्वाल्लेक युथ पावरका केशव जोशीले ३ बिकेट हात पारे । १ सय रनको बिजयी लक्ष पच्छ्याएको ग्वाल्लेकले १० ओभरमा ६ बिकेटको क्षेतीमा ८० रन मात्रै बनाउन सक्यो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार , ट्रफी र मेडल प्रदान गरिने छ । द्वितिय हुने टिमलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने  एन आर वाई सीका पुर्व अध्यक्ष श्याम चन्दले जानकारी दिए । अन्य बिविध बिधामा समेत पुरस्कार प्रदान गरिने उनले  बताए । ग्वाल्लेक निर्माण सेवाका सञ्चालक शुरेस चन्दको बिषेश शहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update