Sagun Khabar
एमाले डडेल्धुराको नेतृत्वका लागी चुनाव हुने,ओझा र साउँद भिड्दै
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- नेकपा एमाले डडेल्धुराको नेतृत्वका लागी आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ।

सहमति नभएपछि वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो तर सहमति भने जुट्न सकेन ।  नयाँ नेतृत्वका लागि आइतबार (आज) निर्वाचन हुने बताइएको छ ।

यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ। जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update