Sagun Khabar
डडेल्धुरामा निषेधाज्ञा थपियो 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा -डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।  

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुदूरपश्चिमका छवटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको सो जिल्ला सङ्क्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update