Sagun Khabar
कोरोना संक्रमणबाट बाजुराका  एक वडा अध्यक्षको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –कोरोना भाईरसको संक्रमणबाट बाजुरा एक वडा अध्यक्षको मृत्यु भएको छ । बडिमालिका नगरपालिका ९ वडा अध्यक्ष ३५ बर्षीय विनोदकुमार विकको कोरोना भाईरसका कारण मृत्यु भएको हो ।

कोरोनाको पुष्टि भएपछि जिल्ला अस्पतालमा उपचार गराइरहेका वडा अध्यक्ष विकलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको हो । उनको अछामको साँफेबगर पुग्दा मृत्यु भएको आफन्तले जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update