Sagun Khabar
मापदण्ड नबन्दा अमरगढी नगरपालिकाको नगरबस थन्कियो 

डडेल्धुरा –डडेल्धुराको अमरगढी नगरपालिकले २ महिनाअघि खरिद गरेको नगरबस थन्किएको छ । नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुरु गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए । 

बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्ता समेत समावेश गर्नुपर्ने व्यवस्था छ । कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ । कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ । तर, अमरगढी नगरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाका अनुसार ठेक्का सम्झौता मार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो । बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो । 

३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ । खरिद गरेको बस तत्काल सञ्चालन गरेर नागरिकलाई सेवा दिनुपर्ने नगरवासीको माग छ । 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update