Sagun Khabar
डडेल्धुरामा विभिन्न मुद्दाका १२ जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा-डडेल्धुरामा विभिन्न मुद्दाका १२ जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको छ् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिएका छन् ।

सजाए सुनाएका अभियुक्तहरु भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेकाहरुलाइ लामो समय भएपछि घर फर्किएका मौका छोपेर सक्रियता बढाएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना ९ दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए । उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुल उपर गरी छोडिएको बताए ।

१२ जनाबाट पुस २६ देखि माघ ३ गतेसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजस्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update