Sagun Khabar
बाजुरामा थप दुईजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ का ५९ वर्षीय वृद्ध र बडीमालिका नगरपालिका–९ की ४० वर्षीया महिलाको कोरोना कारण मृत्यु भएको हो ।

५९ वर्षका वृद्ध दमका बिरामी रहेको र उनी थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा उनीमा कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालय बाजुराका कोभिड सम्पर्क व्यक्ति चुडामणी पन्तले बताए ।

त्यसैगरी ४० वर्षकी महिलामा मृर्गौलाको समस्या भएको र उपचार गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update