Sagun Khabar
डडेल्धुरा कांग्रेसले पार्टी कार्यालयमा बनायो आइसोलेसन 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुन जी भवनमा आइसोलेसन निर्माण गरेको छ । १३ बेडको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले बताए । 

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल संक्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले सुनाए । आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने सेवा दलका सदस्य बिष्टले बताए । 

विशेषगरी गाउँघरमा तथा सदरमुकाम पुगेर बस्न समस्या भएकाहरुलाइ आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्लले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update