Sagun Khabar
बँदेलको आक्रमणबाट बाजुरामा एक किशोरको मृत्यु

बाजुरा - बँदेलको आक्रमणबाट बाजुरामा एक किशोरको मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका–३ चोलुका बस्ने अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई  सोमबार दिउँसो  बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आक्रमणबाट घाइते भएका उनलाई कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update