Sagun Khabar
जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ
फाईल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – बाजुरामा  बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षकलाइ प्रहरीले पक्राउ गरेको छ ।

राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना लाइ पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । आफन्तले जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दिएपछि उनलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ठगून्नालाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update