Sagun Khabar
डडेल्धुरामा अचेत अवस्थामा फेला परेका सिजापतीको मृत्यु, कुटपिट गरी हत्या,केही पक्राउ

डडेल्धुरा–अचेत अवस्थामा भेटिएका डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको छ । 

सोमबार बिहान उनी आलिताल गाउँपालिका–४ लामजिलेमा कुटपिट गरी अचेत पारिएको अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  उपचारकै क्रममा उनको आज मृत्यु भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक सिजापतीको शरीरभरी चोटपटकका निशान रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए । उनको कुटपिट गरी हत्या गरेको आशंकामा केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

 मृतक डोटीबाट किन त्यहाँ पुग्नुको कारण र कुटपिट कसरि भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ । अहिले मृतकमो शव जोगबुढा अस्तालमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update