Sagun Khabar
डडेल्धुरामा युवकको हत्या आरोपमा थप तीनजना पक्राउ

डडेल्धुरा–डडेल्धुरामा युवकको हत्या आरोपमा थप तीनजना पक्राउ परेका छन् ।  डोटीको दिपायल सिलगढी नगरपालिका ३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट पछि उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत्यु  भएको थियो ।

प्रहरीले परशुराम नगरपालिका–१२ मा बस्दै आएका आशिष बराल, आलीताल गाउँपालिका ८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई  सिजापतिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

  सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएका सिजापतिकोे कुटपिट गरी हत्या आरोपमा उनीहरुलाइ पक्राउ  गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनीहरुले मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका ४ मा फालेका थिए ।

सिजापति घाइते अवस्थामा स्थानीयले  फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई जोगबुढा अस्पताल पु¥याएको थियो । हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरुको साथी भएको खुलेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update