Sagun Khabar
डडेल्धुरामा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१० का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि ती संक्रमितलाई वैशाख २४ गते जोगबुडा अस्पताल भर्ना गरिएको थियो । जोगबुडा अस्पतालबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएका जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update