Sagun Khabar
डडेल्धुरामा नवदुर्गा गाउँपालिकाका विद्यार्थीलाइ कानूनी सचेतना तालिम 

डडेल्धुरा–डडेल्धुराको नवदुर्गा गाउँपालिकाका माध्यमिक विद्यालय स्तरका छात्रछात्रालाई कानूनी सचेतना तालिम प्रदान गरिएको छ ।

नवदुर्गा गाउँपालिका न्यायिक समितिद्वारा गाउँपालिकाभित्रका सात माध्यमिक विद्यालयहरुमा एक दिने कानूनी सचेतना प्रदान गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

तालिममा नेपालको संविधान, नागरिक अधिकार, मौलिक हक तथा अधिकार, नागरिक कर्तव्य, बालविवाह कानूनी प्रावधान, जर्बजस्ती करणी र अपराधजन्य कानून, सम्बन्ध बिच्छेद, स्थानीय सरकार र स्थानीय न्यायिक समितिको जिम्मेवारीलगायत राज्यका विभिन्न तहले निर्माण गरेका कानून÷नियम÷ऐनका आधारभूत विषयवस्तुमा तालिम दिइएको छ ।

कक्षा ९ देखि १२ मा अध्ययन गर्ने छात्रछात्रालाई सहभागि गराई कानून व्यवसायीहरुबाट तालिम दिइएको हो ।

विद्यार्थीमाथि सार्वजनिक तथा घरेलु हिंसा बढिरहेकाले किशोरकिशोरी उमेरका विद्यार्थीलाई कानूनका बारेमा शिक्षित गर्नसके प्रभावकारी हुने गाउँपलिका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक डम्बरी ओलीले बताउनुभयो ।

#ईमेजखबर#
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update